Logo
९ पुष २०८१, मंगलवार

रापती समाज काठमाण्डौले सांस्कृतिक तिज मिलन कार्यक्रमको आयोजना गर्ने ।

century-mk

काठमाडौं ।   रापती समाज काठमाडौंले यहि भाद्र २२ गते काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ  ।  काठमाडौंमा आज बसेको  समाजको कार्यसमितिको बैठकले  त्यस सम्बन्धि निर्णय गरेको समाजका  महासचिव एकराज भण्डारीले जानकारी दिनु भयो । समाजकी अध्यक्ष सीमा पुरीको अध्यक्षता सम्पन्न बैठकले बिबिध बिषयमा निर्णय गर्दै सम्पन्न भएको छ ।

समाजले सांस्कृतिक तिज मिलन कार्यक्रमको तयारीको लागि समाजकि सचिव सृजु अधिकारीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ । उक्त   अवसरमा समाजको आजीवन सदस्यता तथा बार्षिक सदस्यता खुल्ला गरिएको साथै बिभिन्न शिर्षकमा  लगाइने शुल्कका दायराहरू घटाइएको   जानकारी समाजकी सचिव श्रीजु अधिकारिले जानकारी दिनु भयो ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान र स्थानीय  नाचगानको संस्कृति जोगाउन सांस्कृतिक तिज मिलन कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष सीमा पुरीले जानकारी दिनु भयो । ” हामीहरुले समय परिस्थिति अनुसार आफ्ना संस्कृति हरुलाई जगेर्ना गर्नु पर्ने तर त्यसको लागि भड्किलो किसिमको कार्यक्रम नगरी संस्कृति जोगाउने र रापती अंचल देखि काठमाडौं आइ संघर्ष गरिरहनु भएका तमाम दिदि बहिनि   तथा दाजु भाइ हरुलाई एक किसिमको भाइचाराको संदेश प्रबाह हुने र आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न सकिने हेतुले यस कार्यक्रम आयोजना हुन लागेको छ ” अध्यक्ष पुरीले आज एक कार्यक्रमका बीच जानकारी दिनु भयो । कार्यक्रममा समाजका सामान्य सदस्य तथा आजीवन सदस्यहरु तथा नव आगन्तुक सदस्य हरुको निशुल्क सहभागिता रहने समेत अध्यक्ष पुरीले बताउनु भयो ।

सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न भए लगत्तै   महान चाड दशैँ  आगमन को पुर्व सन्ध्यामा बृहत् सांस्कृतिक दशैँ मिलन कार्यक्रम समेत सम्पन्न गरिने अध्यक्ष पुरीले जनाउनु भयो । उहाले  साबिकको रापति अंचल र त्यहाका ५ वटा जिल्ला हरु बाट काठमाडौं आइ विभिन्न पेशा ब्यबसाय गरि रहनु भएका दाजु भाइ दिदि बहिनि हरुलाइ समाजमा आबद्ध हुन समेत हार्दिक अपिल गर्नु भयो ।