काठमाण्डौको टोखा नगरपालिका १० सामाखुसीमा अबस्थित श्रीवज्र बहुउद्देश्यीय सहकारी संस्था गत शनिवार देखि आफ्नो स्थापनाको १७ औ वर्ष प्रवेश गरेको छ । आफ्नो स्पथापनाको १६ औ बसन्त पार गरेको अवसरमा शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सदस्य हरु माझ हर्षोल्लासका साथ खुसि साटेको हो । संस्थाका अध्यक्ष्य सुजित पौडेल को सभापतित्व एवम संस्थाका वरिष्ठ सल्लाहाकार जनज्योति अर्यालको प्रमुख आतिथ्यता र इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरका सहकारी प्रशिक्षक बेद प्रसाद भट्टराई को बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले बिगत देखि हाल सम्म गरेका वित्तीय एवं गैर वित्तीय प्रगति समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
२०६४ भाद्र १० गते डिभिजन सहकारी कार्यालय काठमाडौं मा दर्ता भएको यस सहकारी संस्थाले हाल सम्म विभिन्न शेयर सदस्यहरुलाई बचत गर्न सिकाइ आवस्यक कर्जा उपलाब्ध गराई ब्यापार ब्यबसाय बिस्तार गराउन महत्त्वपूर्ण भूमिका खेलेको पाइएको छ । कार्यक्रममा गत आ.व. २०७९/०८० को असार मसान्त सम्म आइपुग्दा सहकारी संस्थामा कुल १३५० शेयर सदस्य क्रियाशील रहेको र कुल ८ करोड ९७ लाख बराबरको सम्पत्ति र करिव १५ प्रतिशत तरलता रहेको वित्तीय विवरण प्रस्तुत गरिएको थियो । संस्थामा हाल ७ जना संचालक रहेको संचालक समिति र ३ जना संचालक रहेको लेखा सुपरिवेक्षण समिति रहेको छ भने अन्य उपसमितिहरु समेत रहेको जानकारी प्रस्तुत गरिएको थियो । काठमाडौं जिल्ला भर कार्यक्षेत्र रहेको यस संस्थाको सेवाहरु टोखा १० सामाखुसीमा रहेको मुख्य कार्यालय र बुढानिलकण्ठ ८ गोल्फुटारमा रहेको सदस्य सेवा केन्द्र मार्फत लिन सकिने संस्थाका अध्यक्ष्य पौडेल बताउनु भयो । संस्थाले आफ्नो स्थापनाको गौरवमय १६ औ बसन्त पार गरेकोमा आफु लगाएत समग्र संस्था परिवार एकदमै हर्षित र थप जिम्मेवार बनेको संस्थाका अध्यक्ष्य सुजित पौडेलले बताउनु भयो ।
कार्यक्रममा इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर का सहकारी प्रशिक्षक बेद प्रसाद भट्टराईले शेयर सदस्य हरुलाई सहकारी को महत्त्व, बचत को महत्त्व र सहकारी बाट लिन सकिने बस्तु तथा सेवा हरुको बारेमा र हाल बजारमा देखिएका सहकारी सम्बन्धि समस्या तथ्य भ्रम र समाधान सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
शुभकामना मन्तव्य दिनु हुदै प्रमुख अतिथि एबम संस्थाका बरिस्ठ सल्लहाकार जनज्योति अर्यालले श्रीबजरा सहकारीले समाजमा एउटा छुट्टै बिश्वासको छाप छोड्न सफल भएको र आगामी दिनमा उक्त बिश्वासमा कमि नहोस भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो । संस्थाका लेखा संयोजक राम बज्राचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा करिव ३२५ शेयर सदस्य सदस्य हरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी संचालिका अजिता खतिवडाले गर्नु भएको थियो ।