Logo
१९ मंसिर २०८१, बुधबार

हिडेर ५ महिना ९ दिनमा तुलसीपुरमा कैलालीका देवराज पाध्या

century-mk

दाङ । हिडेर नेपालका ७७ वटै जिल्ला सदरमुकाम पुग्ने अठोटका साथ देश दौडाहामा निस्कनु भएका एक युवा दाङ तुलसीपुर आइपुग्नु भएको छ।

गौरीगंगा नगरपालिका -४ कैलाली निवासी देवराज पाध्या ५ महिना ९ दिनमा शुक्रबार राति दाङ तुलसीपुर आइपुग्नु भएको हो। देशका ७७ जिल्ला सदरमुकाम हिडेर कति समयमा पुग्न कति समय लाग्छ भन्नेकुरा सबैलाई थाहा होस भनेर नै आफु यात्रामा निस्किएको पाध्या ले बताउनु भयो।

७३ जिल्ला सदरमुकाम पुगेर आज शनिबार बिहान बाँके तर्फ प्रस्थान गर्नुभएका पाध्याले अब बाँके,बर्दिया,कैलाली र कंचनपुर जिल्ला सदरमुकाम पुग्न मात्र बाँकि रहेको बताउनु भयो। उहाँलाई पुर्ब मेची देखी पश्चिम महाकाली सम्म उल्टो हिडेर गिनिज बुकमा नाम लेखाइ सक्नु भएका दाङ तुलसीपुर राणा गाउँका ऋषि परियार,अनलाइन सन्देश डटकम परिवार लगायत अन्य स्थानीयले तुलसीपुरबाट बिदाइ गर्नुभएको थियो।