तुलसीपुर। नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीलाई दाङ तुलसीपुरमा स्वागत गरिएको छ।
नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुर कमिटीले शुक्रबार एक कार्यक्रम मार्फत केन्द्रीय महासचिव खेम नारायण पराजुलीलाई दाङमा स्वागत गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीले अब महासंघ कसैको कमारो नबन्ने बरु देशभर नेतृत्व लिने गरि अघि बढ्ने बताउनु भयो। महासंघले साना तथा मझौला ब्यवसायि को हकहितका पक्षमा सधैं लागिपर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र का केन्द्रीय सदस्य रत्नबहादुर वली,नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य यज्ञ बहादुर के.सी,प्रदेश सदस्य प्रेम प्रकाश वली (प्रभात),लुम्बिनी प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत अन्य ब्यक्तीत्वले आ-आफ्ना भनाइ राख्दै ब्यवसायि एकतामा जोड दिनुभएको थियो।
नेपाल उद्योग ब्यापार महासंघका तुलसीपुर उपमहानगर कमिटी अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य मिनराज भण्डारीले गर्नुभएको थियो।