Logo
८ मंसिर २०८१, शनिबार

नेपाल औषधि ब्यवसायी संघको आयोजनामा एक दिने आँखा उपचार तालिम सम्पन्न

century-mk

तुलसीपुर ।नेपाल औषधि ब्यवसायी संघ दाङ शाखा को आयोजना र नेत्र ज्योति संघ आँखा अस्पताल तुलसिपुरको प्राबिधिक सहयोगमा एक दिने आँखा उपचार तालिम सम्पन्न भएको छ।

औषधि ब्यवसायिहरुका लागि आयोजना गरिएको उक्त एक दिने आँखा उपचार सम्बन्धि तालिम आज शनिबार तुलसीपुरमा सम्पन्न भएको हो। नेपाल औषधि ब्यवसायी संघ दाङ शाखा का अध्यक्ष बिस्णु पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष मधु सुधन पान्डेले स्वागत मनतब्य राख्नुभएको थियो।

केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ ,तालिम प्रशिक्षक ओम प्रकाश यादबले कार्यक्रमको महत्वबारे बोल्दै सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै,सहभागिको तर्फबाट बोल्दै धर्म बहादुर बुढाले यस किसिमका कार्यक्रमले आफुहरुमा थप उत्साह जागेको बताउनु भयो ।

उक्त तालिममा ५० जना औषधि ब्यवसायिहरुको सहभागिता रहेको नेपाल औषधि ब्यवसायी संघ दाङ तुलसीपुर शाखा संयोजक दीपकराज वलीले जानकारी दिनुभयो ।आज सम्पन्न कार्यक्रमको सहजिकरण संस्थाका दाङ जिल्ला सचिब सुनिल रेग्मिले गर्नुभएको थियो ।