तुलसीपुर ।दाङ बिद्युतीय ब्यवसायी संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ।
शनिबार तुलसीपुरमा दाङ बिद्युतीय ब्यवसायी संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षता एवंम नेपाल बिद्युतीय ब्यवसायी महासंघका का अध्यक्ष तथा रेशम प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा विभिन्न ब्यक्तित्वले आफ्ना भनाइ राख्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका नेपाल बिद्युतीय ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रेशम प्रसाद देवकोटाले हाल उत्पन्न आर्थिक संकटको परिवेशमा आफ्नो मनको मन्दीलाई हटाउन जरुरी जरुरी रहेको भन्दै बिद्युतीय ब्यवसायी उच्च मनोबलका साथ आफ्नो ब्यापार ब्यबसाय मा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे,नेपाल बिद्युतीय ब्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष प्रकाश चन्द्र पान्डे,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्ता केसी ,चेम्बर अफ कमर्स तुलसीपुरका कोषाध्यक्ष सन्तोष खड्का लगायत बिभिन्न ब्यक्तित्वले तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सफलताको कामना गर्नुभएको थियो।
यसैगरी दोस्रो अधिबेशनको बन्दसत्रले दाङ बिद्युतीय ब्यवसायी संघको दाङमा नयाँ नेतृत्व चयन गरेको छ।शनिवार तुलसीपुरमा सम्पन्न दाङ बिद्युतीय ब्यवसायी संघको दोस्रो अधिबेशनले डुल्लुराम पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय समिति सर्बसम्मत चयन गरेको हो। जसअनुसार अध्यक्षमा डुल्लुराम पोख्रेल,वरिष्ठ उपाध्यक्ष चन्दन वली,उपाध्यक्ष माधव भुसाल,महासचिवमा सन्तोष कुमार खड्का चयन हुनुभएको छ।
यस्तै सचीवमा लक्षमन पौडेल,कोषाध्यक्षमा हिमाल आचार्य ,सह-कोषाध्यक्षमा हुमा कुमारी डिसी,सदस्यहरुमा पृतम पान्डेय,शिवराज भण्डारी,श्रीधर न्यौपाने र साबित्रा ढकाललाई चयन गरेको दाङ बिद्युतीय ब्यवसायी संघ निर्वाचन समिति संयोजक लेखनाथ काफ्लेले जानकारी दिनुभयो।