Logo
८ मंसिर २०८१, शनिबार

मौसम सन्देश : लुम्बिनी लगाएत देशका विभिन्न स्थानमा पानी पर्ने

century-mk

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार लुम्बिनी प्रदेश लगाएत देशभर सामान्य बदली रहि पानी पर्नेछ।

लुम्बिनी,कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा तथा अन्य प्रदेशका केहि स्थानहरूमा मात्र मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको दाबी छ।हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

भारी वर्षा र मेघ-गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान लगायतको क्षतिबाट बच्न र बचाउन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले बिशेश अनुरोध गरेको छ।