Logo
१९ मंसिर २०८१, बुधबार

५० औं स्थापना दिवसमा नेपाल औषधि व्यवसायी संघ दाङले गर्‍यो विभिन्न कार्यक्रम

century-mk

तुलसीपुर । नेपाल औषधि व्यवसायी संघ (NCDA) को (स्वर्ण उत्सव) अर्थात ५० औं स्थापना दिवसको अवसर पारी दाङ शाखाले विभिन्न कार्यक्रम गरी मनाएको छ।

आइतबार तुलसीपुरमा नेपाल औषधि व्यवसायी संघ (NCDA) का दाङ शाखा अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ (NCDA) का केन्द्रिय सदस्य प्रकाश कुमार श्रेष्ठ,लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, सचिव सुर्यमणी न्यौपाने, सदस्य ध्रुव रावत लगाएतले संस्था र यसले गरिरहेका कार्यहरुबारे प्रष्ट पार्नुभएको थियो।

नेपाल औषधि व्यवसायी संघ (NCDA) का तुलसीपुर संयोजक दीपकराज वलीले संस्थाले आफ्नो ब्यवसाय गर्ने मात्र नभई सकेजति परोपकारका कामहरु समेत गरिरहेको जानकारी दिनुभयो । यस्तै,कार्यक्रका अतिथि तुफान बाबु श्रेष्ठले संस्था ५० औं बर्ष प्रवेश गरेकोमा उत्साहित बनेको र यसको गरिमालाई जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो।

सोही कार्यक्रममा आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण उत्सव) का अवसरमा आइतबार तुलसीपुरमा भएको सोही कार्यक्रममा राप्ती पहिचान डटकमका संचालक तथा पत्रकार यज्ञ बुढाको श्रीमती नन्दकला बुढामगर लामो समयदेखी बिरामी भएकोले उहाँको स्वास्थ्य उपचारका लागी सहयोग स्वरुप उहाँको छोरी रमा बुढालाई २० हजार सहयोग हस्तान्तरण गरिएको थियो।

यसैगरी आइतबार घोराहीमा नेपाल अपांग संघ दाङलाई संस्थाको तर्फबाट १३हजार बराबरको सामाग्री र तिन हजार नगद सहयोग हस्तान्तरण गरेको संस्थाले जानकारी दिएको छ।शेषकान्त ढकालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल औषधि ब्यवसायि संघ दाङका सचिव सुनिल रेग्मीले गर्नुभएको थियो।