Logo
१९ मंसिर २०८१, बुधबार

सल्यानको शारदा नगरपालिकाले ल्यायो ६८ करोड ६३ लाख १० हजार ११ रुपैयाँको बजेट

century-mk

सल्यान ।सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

शनिवार १३ औं नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभामा नगरप्रमुख भण्डारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा हरेक पक्षसंग सम्बन्धित बहुआयामिक समस्याहरू विशेष गरेर आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी, र जनस्रोत विकाससंग गाँसिएका जनसरोकारका बिषयबस्तुलाई प्राथमिकिकरण गरिएको बताउनुभयो।

यस्तै,नगरसभामा उपप्रमुख सापकोटाले ६८ करोड ६३ लाख बढीको बजेट प्रस्तुत गर्नुभएको छ । सापकोटाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ६३ लाख १० हजार ११ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । जसमा आन्तिरिक स्रोतबाट २ करोड ६३ लाख, स्थानिय तह राजस्व बाँडफाँडबाट ४५ लाख, अ.ल्या. बैंक मौज्दात ९९ लाख गरेर कुल आन्तरिक आम्दानी ६ करोड ६५ लाख रुपैँयामा रहेको उहाँले बताउनुभयो ।