Logo
८ मंसिर २०८१, शनिबार

दाङको घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट

century-mk

दाङ ।घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ।

उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट प्रस्तुत गरिन् ।उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ३२ करोड ९० लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको थियो।

बजेटको स्रोतमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब १ करोड ९१ लाख ७० हजार , प्रदेश सरकारबाट ३९ करोड ९० लाख ७१ हजार र आन्तरिक स्रोत ३६ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ। त्यस्तै बैंक मैज्जात ३६ करोड रहेको छ ।घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ। जसमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नती, कल्भर्ट, सिँचाइ तथा खानेपानी, लगायतका पूर्वाधार विकासका तर्फ ५८ करोड ११ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।त्यस्तै उपमहानगरपालिका भित्रका डाक्टर–इन्जिनियर छात्रवृत्तिका लागि १६ लाख रुपैयाँ छुट्याएको छ ।