सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाद्वारा असार १० गते १३ औं गाउँसभा आह्वान गरेको छ ।
कपुकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले आगामी आर्थिक बर्ष २०८०। ०८१ का लागि बजेट ल्याउन गाउँसभाको आह्वान गरेको बताउनु भयो । यसपटक गाउँसभाबाट खरको छाना मुक्त घर अभियान कार्यक्रमलाई प्राथामिकता दिने जानकारी दिनु भयो ।यस्तै गाउँ सभाबाट गाउँपालिकाको बजेटमा यसपटक कृषि प्रवर्धन,स्वास्थ,शिक्षा,आत्मनिर्भरको विविध योजना सहितका कार्यक्रम समेट्ने गरि तयारी गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाले १३ औं गाउँसभा भब्य रुपमा सफल पार्नको लागि पालिका अध्यक्ष दुर्गा बहादुर पुन संयोजक र उपाध्यक्ष प्रकाश भण्डारी उपसंयोजक रहेको १३ सदस्य रहेको गाउँसभा ब्यबस्थापन तथा सहजिकरण मुख्य समिति गठन गरेको छ ।
यसैगरी अनुमानित ४० करोड बराबरको बजेट ल्याउन लागेको कपुरकोटले गाउँ सभाको तयारी स्वरुप गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली संयोजक रहेको नीति तथा कार्यक्रम र बजेट निर्माण उपसमिति गठन गरेको छ ।यस्तै, प्रचार प्रसार उपसमितिका संयोजक जीबराज केसीका अनुसार यसपटक अघिल्ला बर्षहरु भन्दा केहि पृथक कार्यक्रम समेत समाबेश भएर कपुरकोट गाउँपालिकाको बजेट आउने छ ।
शुद्धशान्तिमा गएका बागचौरका १०० भन्दा बढी स्थानीय बिरामी
सल्यान । बागचौर नगरपालिका वडा नम्बर ४ मा एक घरको शुद्धशान्तिमा गएका १०० बढी स्थानीय बिरामी भएका छन् ।
बागचौर नगरपालिका वडा नम्बर-४,का वडा अध्यक्ष कृष्ण बस्नेतका अनुसार केहि दिन अघि निधन भएका एक स्थानीयको घरमा आइतबार शुद्धशान्ति मा खाना खाएका सबैजसो बिरामी भएका हुन् ।
बिरामी भएका धेरैजसो वडा नम्बर-४,कै कोलडाडा,काकरबिया लगायतका टोलका स्थानीय बासी रहेका छन् ।बिरामी भएका हरुमा एउटै लक्षण (ज्वरो,पखाला,पेट दुख्ने,बान्ता हुने समस्या)देखापरेको बागचौर नगरपालिका स्वास्थ्य शाखा संयोजक एक राज केसीले जानकारी दिनुभयो ।
हालसम्म वडा नम्बर का ८१ र वडा नम्बर १२ लगायत अन्यत्र यहि प्रकृतिका सोही घरमा आइ खाना खाएका २० जनालाइस्वास्थ कर्मिद्वारा उपचार तथा परामर्श गरेको र अलि जटिल खालका बिरामिहरुलाइ स्वास्थ्य चौकी सम्म ल्याउन गाडिको समेत ब्यबस्था गरियको वडा अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनुभयो।उहाँका अनुसार थप औषधि को लागि नगरपालिकालाई समेत जानकारी गराइएको छ।