Logo
८ मंसिर २०८१, शनिबार

दाङका १० स्थानीय तहमा संघबाट कति आयो बजेट? हेर्नुहोस्  सुची!

century-mk

दाङ ।संघीय सरकारले यसपटक दाङका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकालाई बजेट अनुदान दिएको छ । अर्थमन्त्री प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा धेरै बजेट घोराही उपमहानगरपालिकालाई र सबैभन्दा कम दाङको दङ्गिशरण गाउँपालिकालाई छुट्याएको छ ।

आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा दाङका दश पालिकाहरुलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान)गरि छुट्याएको हो ।

हेर्नुहोस् दाङका कुन स्थानीय तहलाई यसपटक कति बजेट आयो ?

घोराही उपमहानगरपालिका : १ अर्ब ७ करोड ७३ लाख
तुलसीपुर उपमहानगरपालिका: ९५ करोड ९६ लाख
लमही नगरपालिका:३८ करोड ३८ लाख
गढवा गाउँपालिका: ३५ करोड २० लाख
दङ्गिशरण गाउँपालिका: २७करोड ५१ लाख
बंगलाचुली गाउँपालिका: ३२करोड १० लाख
बबई गाउँपालिका:३० करोड ४९ लाख
राजपुर गाउँपालिका: २९ करोड ६२ लाख
राप्ती गाउँपालिका: ३७ करोड २१ लाख
शान्तिनगर गाउँपालिका : २९ करोड ५५ लाख