कागेश्वोरी मनोहरा नगरपालिकाको ४ दिने लेखा व्यवस्थापन तालिम शुभारम्भ

century-mk

काठमाडौं १६ जेष्ठ।कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारी संस्था हरुको लागि संचालन गरेको  ४ दिने लेखा व्यवस्थापन तालिमको आज एक कार्यक्रमका बीच शुभारम्भ  गरेको छ ।

नगरपालिकाको आयोजना तथा इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा संचालन भैरहेको तालिमको आज एक कार्यक्रमका बीच नगर उप प्रमुख शान्ता थापाले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको छ ।

तालिमको उद्घाटन गर्दै उप प्रमुख थापाले ” कागेश्वरी मनोहरा नगरपालिकाले  सहकारी संस्था हरुको लागि नियमित रुपमा तालिम शिक्षा प्रदान गर्दै आइरहेको र आगामी दिनमा समेत स्तरीय तालिम कार्यक्रम संचालन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

आफ्नो नगर भित्र कार्यक्षेत्र भएका सहकारिहरुमा जनताको बिश्वास कायम राखी राख्न आफुहरु लागि परेको र  सहकारी हरुको स्तर वृद्धि तथा विकासको लागि नगरपालिका प्रयासरत रहेको उप प्रमुख थापाले बताउनु भयो । उहाले  प्रदेश मातहत रहेका तर नगरपालिका भित्र संचालित सहकारी हरु लाइ पनि  नगरपालिका संग समन्वय गर्न समेत आग्रह गर्नु भयो ।

जेठ १६ गते देखि १९ गते सम्म ४ दिन चल्ने तालिममा कागेश्वरी मनोहरा नगर पालिका भित्र रहेका ४३  सहकारी संस्था हरुका ४३  जना सहकारी कर्मी हरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर प्रा लि. मिनभवनका व्यवस्थापक राज कुमार श्रेष्ठ तथा लेखा तथा प्रशासन बिभाग प्रमुख बेद प्रसाद भट्टराईले गर्नु हुनेछ भने तालिमको संयोजन कागेश्वोरी मनोहरा नगर पालिकाकि सहकारी बिभाग प्रमुख अनिता तामांग ले गर्नु भएको छ ।