दाङ ।संघीय सरकारले दाङका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकालाई यसपटकको बजेट अनुदान दिएको छ । शोमबार अर्थमन्त्री डा.प्रकाश शरण महत द्वारा बिनियोजित बजेट अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दा कम दंगीशरण गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही बजेट छुट्याएको हो ।
हेर्नुहोस् दाङका स्थानीय तहको बजेट:
१.घोराही उपमहानगरपालिका : १ अर्ब ७ करोड ७३ लाख
२.तुलसीपुर उपमहानगरपालिका: ९५ करोड ९६ लाख
३.लमही नगरपालिका:३८ करोड ३८ लाख
४.गढवा गाउँपालिका: ३५ करोड २० लाख
५.दङ्गिशरण गाउँपालिका: २७करोड ५१ लाख
६.बंगलाचुली गाउँपालिका: ३२करोड १० लाख
७.बबई गाउँपालिका:३० करोड ४९ लाख
८.राजपुर गाउँपालिका: २९ करोड ६२ लाख
९.राप्ती गाउँपालिका: ३७ करोड २१ लाख
१०.शान्तिनगर गाउँपालिका : २९ करोड ५५ लाख