काठमाडौँ ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेसंगै रेशम चौधरी ६ वर्षपछि जेलमुक्त हुनुभएको छ।
उच्च अदालतले टिकापुर घटनामा दोषी ठहर गरेसंगै उहाँ २०७४ फागुनमा पक्राउ पर्नुभएको थियो । ६ बर्ष अघिदेखि जेलमा रहनुभएका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला नै सदर गरेपछि चौधरी झन् निराश बन्नुभएको थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा अन्य कैदि संगै रेशम चौधरीलाई पनि जेलमुक्त गर्ने निर्णय लिए पछि उहाँ १४ वर्ष अगाबै जेलमुक्त हुनुभएको हो।
शोमबार बिहान डिल्लीबजार कारागारबाट रेशम जेल मुक्त भएसंगै उहाँको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेतृ तथा प्रचण्ड नेतृत्व सरकारको मन्त्री रहनुभएकि रञ्जिता श्रेष्ठ सहित पार्टी केन्द्रीय सदस्य एलिजा गौतम लगायत अन्य नेता तथा कार्यकर्ताले फुल अबिरमालाले भब्य स्वागत गरेका छन् ।
काठमाडौं पछि रेशम सिधै आफ्नो घर टिकापुर जाने र आमाबाट आशिर्वाद लिने कार्यक्रम तय भएको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य एलिजा गौतमले जानकारी दिनुभयो ।