Logo
१९ मंसिर २०८१, बुधबार

आज प्रतिनिधि सभामा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने,दुवै सदनको संयुक्त बैठक बस्ने,दुवै सदनको संयुक्त बैठक बस्ने तयारी

century-mk

काठमाडौं । आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय भएको छ।

सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।

संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजे बस्ने संयुक्त बैठकमा ‘संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समिति’ को प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।