दाङको हापुरमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

century-mk

दाङ । दाङमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। शनिबार आज घोराही उपमहानगरपालिका वड नम्बर-१२ मा रहेको सनराईज बोर्डिङ स्कुल हापुरमा एक कार्यक्रमका बिच सचेततामुलक कार्यक्रम सम्पन्न भएको हो।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अस्थायी प्रहरी पोष्ट हापुर दाङको आयोजना तथा सनराइज बोडिङको ब्यबस्थापनमा सोहि बिद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययरत बिद्यार्थीहरुको सहभागीतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक किसमत बुढाले आत्म हत्याको परिचय, आत्म हत्याको अबस्था, आत्महत्याको कारण र आत्महत्या नियन्त्रण गर्न स्वंय ब्यक्ती, परिवार र समाजले निर्वाह गर्नु पर्ने भुमिका, आत्महत्या दुरुत्साहन सम्बन्धी कानूनी प्राबधान लगायत बिषयमा सचेतनामुलक प्रशिक्षण दिनुभएको सनराईज बोर्डिङ स्कुल हापुरले जनाएको छ।