Logo
६ मंसिर २०८१, बिहीबार

!! उपन्यास “अपरिचित” को समिक्षा !!

century-mk

दाङमा जन्मि हुर्कि अध्यन गरि काठमाडौं लाई कर्म थलो बनाउनु भएकी नेपाली साहित्यिक जगतमा उदाएमान सर्जक, युवा साहित्यकार, सहकारी कर्मी एबम समाजसेवि आदरणीय सीमा पुरी  सहकारी अभियानमा वर्षौ  देखि निरन्तर योगदान गर्दै आउनु भएको छ ।
उहाँको पहिलो उपन्यास ‘परी ‘ एक सामाजिक र मनोबैज्ञानिक सम्बेग हरुको समिश्रण हो । परी पाठक माझ अत्यन्त लोकप्रिय रह्यो फलस्वरूप दोस्रो सन्सकरण हुँदै हाल चर्चित कार्यक्रम प्रस्तोता अशोक काफ्ले तथा बिनिशा सापकोटाले स्वर भरी युट्युव च्यानल मार्फत पाठकका कानमा गुन्जिरहेको छ ।

पहिलो कृति ‘परि’ बिमोचन कै दिन दोस्रो कृति ‘अपरिचित’ को नामाङ्करन सहित भएको मलाइ ताजै स्मरण छ र सोही दिन देखि नै अपरिचित सम्पुर्ण पाठक हरुको माझ बहुप्रतिक्षित को अड्डा जमाएको थियो ।

अपरिचित सर्जकको गर्व मा हुर्किदै गर्दा बेला बेला सर्जकको सामाजिक सन्जाल मार्फत अपरिचित का केही मायालु अंशहरू झुल्किदै गर्दा जसरी एउटा बन्दै गरेका आमाबाबुको खुसी आमाको कोखमा बच्चा ले हानेक वेविकिक को अनुभुती आउँछ ठिक त्यसरी नै मेरो मन चन्चल भै दिन्थ्यो । म केटा हुँ आमाको अनुभवी त्यो पल स्वम नभोगे पनि अनुमान अत्यन्तै मीठो थियो ।

२०७८ पौष को महिना १० गते शनिबार को दिन पारिलो घाम को न्यानो राप सङै रमाइलो बाताबरण मा बि. एन. पुस्तक सन्सार को प्रकाशन मा सर्जक पुरी ले ‘अपरिचित ‘ लाई आफ्नो दोस्रो कृति को रुपमा यस ध२२२र्तिमा पहिलो पटक पाइला टेकाउदै गर्दा कार्यब्यस्तताले म भौतिक रुपमा उपस्तिथिमा हुन नसक्दा मन बेचैन भैरहेको थियो । यधपी सर्जकको सामाजिक सन्जाल बाट आफुलाइ अध्याबधिक गर्दै थिए । केहि समयको अन्तरालमा सर्जक सीमा दिदी को कार्यकक्ष सज्जन महिला साकोस को कार्यलयमा सर्जककै हातबाट सप्रेम पाउदा मन आनन्दित भएको र कौतुहलता जागेक थियो कि अपरिचित कस्ती होलिन भनेर ।

कोठामा आए अपरिचित पल्टाए, अपरिचित पढ्दै गए पढ्दै गए एक खालको छुट्टै अनुभुती बटुल्दै गए । एक पछि अर्को कौतुहलता थपिदै गयो । अब के हुन्छ भन्ने प्रश्न आइरहने । मेरा आँखाले एक छिन पनि विश्राम लिन चाहेनन । यद्यपि आफ्नो ब्यस्तता का बाबजुत समय निकालेर पढ्न थालेको तेस्रो दिनको मध्य रातीको २ बजे अपरिचित पढेर सक्कए । उपन्यास भित्र भएका अनेकौं दृश्यले आँखामा घर बनाईसकेको थियो । मनमा गहिरो छाप छोडेको थियो । मध्यरात अपरिचित र लेखक पुरी सङै झनै नजिकै भएको आभास मै बित्यो।

सर्जकले उपन्यास भित्र अर्को एउटा उपन्यास लेखेको महशुस भयो । सर्जकको पात्रका मनोबिज्ञान राम्रो सङ्ग उतार्न खोजेको मैले पाए । हाइ प्रोफाइल, सबै माझ चिरपरिचित एउटा लेखक र सडक मा जन्मी अनाथालयमा हुर्केकि आफ्नो वास्तविक परिचय थाहा नभए पनि समाजमा एउटा छुट्टै परिचय बनाउन सफल एउटा निस्वार्थ प्रेम गर्ने सामाजिक अभियान्ता बिचको अलौकिक र अभुत्पुर्व प्रेम प्रसङ्ग जहाँ प्रेममा पाउने कुनै जिद्दीपन छैन ! परिस्थितिका विभिन्न उतारचढावका हुदाहुदै पनि आफ्ना पात्रहरुलाई सेफ ल्यान्डिङ्ग गराउन सफल हुनुभएको छ ।

प्रेम र युद्धमा हरेक कुरा सम्भ्व हुन्छ भन्ने तथ्यलाई एस उपन्यासमा जिबन्त दिन खोजिएको छ । अपरिचितमा सबै पात्र हरु एकआपसमा चिरपरिचित त छन नै तर सबै जना उत्तिकै अपरिचित पनि छन ।लेखकले यस कुरालाइ सूक्ष्म तरिकाले प्रस्तुत गरेको पाए । जब जब सबै पात्रहरु एक आपसमा अपरिचित बाट वास्तविक रुपमा परिचित हुँदै जान्छन तब पाठकलाइ पनि भोक प्यास निद्रा काम सबैले छोड्दै छोड्दै जान्छ ! अन्य कुनै काममा मन जादैन सब्दमै हराएको पत्तो हुदैन ! लेखकले सामान्य बोलचालका सब्दहरुलाई मीठो कलात्मक प्रस्तुत हुँदा क्लाइमेक्स अति नै रोमन्चक बन्दै जान्छ ।

धर्ती ( एक अपरिचित बाल पात्र ) लाई , कैयौं पटक भेटेकाे , दुर्घटना मा आफ्नै रगत दिई ज्यान बचाएको अपरिचित भित्र को सर्जक आकाश अधिकारी ले , जब उ आफ्नै सन्तान हो भन्ने थाहा हुन्छ र आङ्गालोमा राखी चुम्छ त्यो क्षण साच्ची नै एउटा अद्भुत प्यारले भरिपुर्ण हुन्छ जहाँ पाठकका आँखा पनि ओभानो नरहेको पत्तै पाइदैन ।

तारा र चादनी एउटै ब्यक्तिका फरक फरक फरक फरक परिचय भएता पनि आफ्नै सन्तान देखि अपरिचित भएर हिंड्न् बाध्य छे । एउटा उत्ताउलो जीवन शैली देखि एकाएक परिबन्धमा परेर कोखमा आएको आफ्नो मायाको निशानी लाई जसरी भए पनि जन्म दिनै पर्छ भनी कोहि कसै सङ नभनी एकल आमाको स्वरुपमा भए पनि सन्तान लाई जन्म दिई स्तनपान समेत नगराइ , कसैलाइ जिम्मा दिई उसैको खुसी र सुखद भविस्यको खोजिमा बिदेश होमिएकी नारी आफ्नै सन्तानको बियोगमा अर्धचेत जस्तै बनी कहि कतै आफ्नो सन्तान लाई भेट्न पाइहाल्छु कि भन्दै घरी अमेरिका घरी नेपाल गर्दै बाल गृह चहार्दै आर्थिक सहयोग गर्दै हिडेकि छे ।

कैयौं पल्ट साधना ( अपरिचित कि एक मुख्य पात्र एबम साधना बाल गृहकी सन्चालक ) सङ्ग देखेकी धर्ती जब आफ्नो सन्तान हो उ नै मेरो पहिलो प्रेम को निशानी हो भन्ने थाहा पाउछे , र उसलाइ म तिम्रो आमा हु मलाइ आमा भन भन्दा धर्ती बाट अस्विकार हुन्छ त्यो क्षण पनि कम्ति पिडा को हुदैन । जब धर्ती जसो तसो तारालाइ “तारा ममि ” भन्न सहमत हुन्छे र पहिलो पल्ट ” तारा ममि ” भनेर सम्बोधन गर्छे सायद त्यो क्षण नै ताराको जिवनको सबै भन्दा सुखद क्षण बन्न पुग्छ । आमाको मनको खुसी संसार छरीन्छ र एसरी सबै जना एक आपसमा अपरिचित बाट चिरपरिचित बन्दै जान्छन ।

सर्जकले एस कृतिमा सके सम्म को न्याय गरेको महशुस गरे मैले । अघिल्लो कृति ‘परि’ बाट यहाँ सम्म आइपुग्दा सर्जकले आफ्नो सृजनशिल क्षमतामा झन निखार ल्याको पाए । लेखन शैली , प्रस्तुतीकरण , घटनाक्रम , घटनाको बास्तबिकता , समाजको एथार्थ चित्रण गर्ने शैली मा एकदम मेहनत गरि प्रस्तुत गर्नु भएको छ । पूरा उपन्यास पढ्दा सम्म पाठक लाई कहि कतै पट्यार लाग्ने कुनै पनि मौका नदिएको पाए ।

सबै कथा हरु एथार्थ परक र हुदैनन । वास्तविकता भन्दा धेरै फरक र काल्पनिक हुन्छन तर अपरिचित को कथा धेरै वास्तविकता भन्दा फरक छैन । हरेक कथाको कि त सुखद अन्त्य (happy ending ) हुन्छ कि त दुखद अन्त्य (sad ending ) हुन्छ तर अपरिचित मा यो दुबै भाव समेटिएको पाए । यसमा माया, प्रेम, स्नेह, उत्तरदायित्व , जिम्मेवारी , कर्तव्यबोध , भबिस्य प्रतिको चिन्ता, हासो, रोदन , एकोहोरो प्रेम , दोहोरो प्रेम , बाल मनोबिज्ञान, सन्तान सुख , सन्तान बियोगको पिडा, लेखन कला, लेखकको दैनिकी, समाज सेवा र त्यस भित्रको पीडा खुसी जस्ता अनेकौ सम्बेगात्मक भावना हरु रहेका छन ।

तर ताराको त्यागलाइ उपन्यासकारले अलि हल्का रुपले लिएको हो कि भन्ने भाव देखिन्छ । हुनत तारालाइ उस्ले गरेको गल्ती को सजाय पनि हुन सक्छ तर गल्ती दुबै जनाले गर्ने तर सन्तान बियोगमा तारा मात्र परेकि छ ।जति सजिलो गरि तारा ले आफ्नो सन्तान चिनेर पनि धर्ती लाई त्यागी बाल गृह को जिम्मा लिइ त्यो त्यति ब्यबहारिक हुदैन कि भन्ने मनमा लागेको छ । फेरि धर्तीको साधना प्रतिको लगावका कारण केही निर्णय समयको हतमा छोडी ताराले !सबैले पहिलो खुसी धर्तीलाई हेरे भन्ने लाग्यो।

साथै सर्जकले यश कृतिमा कहि कतै परिवेश अनुसार यौन मनोबिज्ञान राख्देको भए सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने पनि लागेको छ ।
कृतिमा यौनमनोबिज्ञान को भाव आउने अनेकौ मौका आएको छ तर सर्जकले यो भावनालाई उचाल्न नचाहेको हो या प्रस्तुत गर्न नचाहेको हो सोच्न बाध्य भए ? बेला बेला आकास चादनी, तारा सुमन, आकाश साधना , चितवन तिर घुम्न गएको मौका लगाएत धेरै ठाँउ मा थोरै भए पनि यो भाव राख्न सकेको भए सुनमा सुगन्ध थपिन्थ्योकी भन्ने भाव नआएको हैन ।

फेरि सोचे कतिपय कुरा देखाउने बहामा र लुकाउने चाहाना केही नभएपनी वास्तविकता महसुस गर्न सकिन्छ !यश कथाका पात्रहरु बिचको प्रेमको आकार भित्र यी कुरा सामान्य लाग्ने छन ।

अपरिचितले अनन्त यात्रा तय गरि सकेको छ । नेपालका अधिकांश पुस्तक पसलमा पुगि सकेकी अपरिचित  जन्मेको  केही दिनमै  मात्र अमेरिकाको यात्रामा आकाश माथी उडिरहेको देखेको थिय । तपाईं हामी सबैको हात हातमा परि मन मनमा बस्न सकुन । थप सफलताको शुभकामना सहित प्यारी एबम आदरणीय दिदि सर्जक सीमा पुरी प्रती अपरिचितलाइ समिक्षा गर्ने सुअवसर प्रदान गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु ।
अपरिचित बिमोचनमै तेस्रो उपन्यासको नाम घोषण गर्नु भएकी लेखक सीमा पुरीको तेस्रो उपन्यास” किनारा” को प्रतीक्षामा छु ।
जिन्दगी आफैमा केही होइन ,बुझाई नै जिन्दगीको आकार हो ”
तपाइँका पाईलाहरु कहि कतै नरोकियोस कामना ।