दाङ । राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा (अपार)ले पत्रकारले समाजको ऐना देखाउनु पर्ने बताउनुभएको छ।
प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा सकारात्मक बाटो देखाउने कार्यमा पत्रकारले भूमिका खेल्नु पर्ने बताइनुभएको हो । त्यस अवसरमा बिशिष्ट अतिथि प्रेस सेन्टर दाङ शाखाका सचिब दीपक बोहराले दाङको पत्रकारिता मुलुककै उदाहरणीय पत्रकारिता भएकाले यो मर्यादालाई कायम गर्न नयाँ पुस्ताका पत्रकारले ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा बिशिष्ट अतिथि रिपोर्टस् क्लब अफ दाङका अध्यक्ष शरद रेग्मी, अक्षर सुधार अभियानका अभियन्ता हिमाल डाँगी, प्रेस सेन्टर दाङका कोषाध्यक्ष दीपक वलीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष विशाल परियारले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त तालिममा प्रमुख प्रशिक्षक दीपक बोहरा र प्रशिक्षक सागर सुवेदीले पत्रकारिता तालिम तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकामा नाम निकाल्न सफल भएकोमा उपाध्यक्ष विशाल परियारलाई बधाई ज्ञापन समेत गरिएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब रिता केसीले गर्नुभएको थियो ।