सनराइज बैंकको संस्थागत सामाजिक उतरदायित्व सम्पन्न

century-mk

दाङ, चैत १९। तुलसिपुर स्थित सनराइज बैंकको शाखा कार्यालयले शुक्रवार एक कार्यक्रमका बिच तुलसिपुर मेट्रो कलेज र राप्ती बबइ क्याम्पसलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक एक थान ” स्यानेटरी प्याड भेन्डिङ मेसिन” सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै सनराइज बैंकका शाखा प्रमुखले यो सहयोगले क्याम्पसमा अध्ययनरत बिशेष गरि छात्रलाई सहज र सरल हुने कुरा ब्यक्त गर्नुभयो र आगामी दिनमा पनि येस्ता खाले संस्थागत उतरदायित्वका कार्यक्रम गरि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा सनराइज बैंकका लुम्बिनी प्रदेश प्रमुख सुनिल मण्डलले उक्त सहयोग तुलसिपुर मेट्रो कलेजका प्राध्यापक अपिल आचार्य र राप्ती बबइ क्याम्पस संचालक समितीका अध्यक्ष बिष्णु कुमार देवकोटालाई हस्तान्तरण गर्नुभयको थियो ।


कार्यक्रममा बोल्दै तुल्सिपुर मेट्रो कलेजका प्राध्यापक अपिल आचार्यले बैंकको सो सहयोगप्रती कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि येस्ता कार्यक्रमको आयोजनाको अपेक्षा प्रकट गर्नुभयो । येसै गरि राप्ती बबइ क्याम्पसका प्रमुखले राप्ती बबइ क्यापस सामुदायिक क्याम्पस भयकाले क्याम्पसलाई बनाउन समुदायको भुमिका अहम रहने र बैंक पनि येसै क्षेत्रमा संचालन भयकाले यो पनि सरोकारवाला भयर गरेको सहयोग प्रती आभार ब्यक्त गर्दै आगामी दिनमा क्याम्पस र बैंकको सहकार्यमा अन्य कार्यक्रम संचालन गर्न इच्छुक रहेको कुरा पनि बताउनुभयो ।


राप्ती बबइ क्याम्पसको १७औ साधारणसभालाई मध्य नजर गर्दै उक्त सहयोग सो कार्यक्रमको बिच हस्तान्तरण गरियको बैंक स्रोतले जानकारी गराएको थियो ।