सनराइज बैंकको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

century-mk

दाङ,चैत १० ।‘ग्लोबल मनी विक’को अवसरमा दाङको तुलसिपुर स्थित सनराईज बैंकको शाखा कार्यालयले शुक्रवार राप्ती बबइ बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बित्तीय साक्षरता सम्वन्धी अनुशिक्षण प्रदान गरेको छ ।
सो क्याम्पसका करिव १ सय ५० बिद्यार्थीको उपस्थितिमा बित्तीय साक्षरता सम्वन्धी अनुशिक्षण प्रदान गरिएको सनराईज बैंकको तुलसिपुर शाखाका प्रवन्धक रन्जन कोइरालाले जानकारी दिनुभयो । ‘Plan your money, Plant your future’भन्ने नाराका साथ हरेक बर्षको मार्च महिनामा साताब्यापी ‘ग्लोबल मनी विक’मनाउने गरिएको छ । यसबर्ष ग्लोबल मनी विक’को ११ औं संस्करण हो ।

राप्ती बबइ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख युबराज रावतको अध्यक्षता तथा सनराइज बैंक तुलसिपुर शाखाका शाखा प्रबन्धक रन्जन कोइरालाको प्रमुख आतिथ्यतामा र क्याम्पस संचालक समितीका कोषाधक्ष्य बिनिल के.सि.को विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भयको हो ।


बैंकिङ,पुँजी बजार,बीमा जस्ता बित्तीय क्षेत्र बारे जानकारी लिन र आफुले प्राप्त गरेको ज्ञान सीप आफ्नो परिवार र समाजमा प्रवाह गर्न युवापुस्तालाई अनुशिक्षण गराईएको सनराईज बैंकले जनाएको छ । युवा बिद्यार्थीमा बित्तीय साक्षरताको प्रवद्र्धन र बित्तीय पहुँच बिस्तारसंगै स्वराजगारको सृजनाका आधार,उद्यमशीलताको विकास,आयस्तर अभिबृद्धि सहितका बिषयलाई जागरण गराउन अभियान सञ्चालन गरिएको बैंकका शाखा प्रवन्धक कोइरालाले बताउनुभयो ।


कार्यक्रममा बोल्दै क्याम्पसका प्रमुख युबराज रावतले येस्ता कार्यक्रमको आयोजनाले बिध्यार्थीको चौतर्फी बिकासमा टेवा पुग्ने तथा भोलीका दिनमा बित्त ब्यबस्थापन पनि अनुसासित रहन मद्दत हुने जिकिर गर्दै कार्यक्रम आयोजना गरेकोमा बैंक प्रती आभार ब्यक्त गर्नु भयो । येसै गरि कार्यक्रमका विशिष्ट अतिथी क्याम्पस संचालक समितीका कोषाधक्ष्य बिनिल के.सि.ले बित्तिय साक्षरताले मानिसको आय र ब्ययमा सन्तुलन राख्ने र बचत गर्न उत्साहित गर्ने बताउनु भयो । बित्तिय साक्षरताले मानिसलाइ बित्तिय अनुशासनमा बाध्न मद्दत गर्नुका साथै सबैले आफ्नो आयबाट पहिला बचत गरेर खर्च गरेमा भबिस्यमा आउने बित्तिय अप्ठ्याराबाट मुक्ती पाउने बताउनु भयो ।


बैंकका अप्रेसन इन्चार्ज आशुतोष शर्माको स्वागत मन्तब्यबाट सुरु भयको कार्यक्रममा राप्ती बबइ बहुमुखी क्याम्पसका स्व.बि.यु सभापती अनिल कुमार कार्की, ब्यबस्थापन संकायका उप-प्राध्यापकद्व्य सुर्य प्रसाद शर्मा र चिन्तामणि पोख्रेलको पनि सहभागिता थियो । येसै गरि कार्यक्रमको सहजिकरण बैंकका ऋण अधिकृत इन्द्र मणि पोख्रेल गर्नु भयको थियो ।