राप्ती बबई क्याम्पसमा चैत ७ गते स्ववियु निर्वाचन हुने

century-mk

तुलसीपुर,चैत ५ । राप्ती बबई क्याम्पस तुलसीपुरमा स्थगित भएको स्ववियु निर्वाचन चैत ७ गते हुने भएको छ ।चैत ४ गते शनिवार मतदाता नामावलिको विषयलाई लिएर ने.बि.संघले क्याम्पसको निर्वाचन कार्यालयमा र क्याम्पस प्रशासनमा अनेरास्ववियूले ताला लगाएपछि आज हुने पुर्ब निर्धारित स्ववियु निर्वाचन स्थगित भएको थियो ।
आइतवार क्याम्पस प्रशाासन,विद्यार्थी संगठनका प्रतिनिधि,क्याम्पस व्यवस्थापन समिती तथा राजनितिक दलका प्रतिनिधिहरु विच भएको छलफलमा सहमती जुटेपछि चैत ७ गते चुनाव गर्ने निर्णय भएको निर्वाचन अधिकृत टेकन प्रसाद कंडेलले जानकारी दिनुभयो ।
छलफलमा भएको सहमती अनुसार चैत ६ गते साँझ ४ वजेसम्म परिचयपत्र वनाउनुपर्ने विद्यार्थीका लागी समय तोकिएको छ ।
चैत ७ गते विहान ८ वजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र सहित नेपाल सरकारवाट जारी भएको नेपाली नागरीकताको प्रमाणपत्र,सवारीचालक अनुमतिपत्र,मतदाता परिचयपत्र,राहदानी तथा कक्षा १२ उतिर्ण हुँदाको प्रवेशपत्र अथवा ट्रान्सकृप्ट मध्य कुनै एक कागजात अनिवार्य साथमा ल्याउनुपर्ने निर्वाचन अधिकृत कंडेलले जानकारी दिनुभयो ।