मितेरी युवा क्लबको आयोजनामा तुलसीपुरमा निशुल्क सुगरको रक्त परिक्षण कार्यक्रम सम्पन्न

century-mk

तुलसीपुर । दाङको तुलसीपुरमा निशुल्क सुगरको रक्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार मितेरी क्लबको आयोजना,तुलसीपुर नगर स्वास्थ केन्द्र र नागरिक केयर हस्पिटल प्रा.लि को प्राबिधिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-५ नयाँ बसपार्कमा सुगरको रक्त परिक्षण कार्यक्रम सम्पन्न भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र शाहको प्रमुख आतिथ्यता,तुलसीपुर नगर स्वास्थ केन्द्रका प्रमुख खुम प्रसाद न्यौपानेको बिशिस्ट आतिथ्यता र मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ९७ जना सेवा ग्राहिले निशुल्क सुगरको रक्त परिक्षण गरेको नागरिक केयर हस्पिटल प्रा.लि का सुरज ज्ञवाली ले बताउनु भयो।

आफ्नो घरदैलोमा निशुल्क सुगर चेक गर्न पाउदा आफु निकै खुशी बनेको ७३ बर्सिय कुल बहादुर खड्काले भनाइ रहेको छ। यस्तै ५३ बर्सिय दिपेश परियारले वडा सरकार,विभिन्न संघ सस्थाको यस किसिमको सेवा समय समयमा गरिदिएको खण्डमा आफुहरुलाई आर्थिक रुपमा केहि सहज हुने बताउनु भयो।

तुलसीपुर नगर स्वास्थ केन्द्र र नागरिक केयर हस्पिटल प्रा.लि को प्राबिधिक सहयोगमा सम्पन्न आजको सुगरको रक्त परिक्षण कार्यक्रममा ६ जनाको स्वास्थकर्मिको टिमले काम गरेको तुलसीपुर नगर स्वास्थ केन्द्रका प्रमुख खुम प्रसाद न्यौपानेले अनलाइन सन्देशलाई जानकारी दिनुभयो ।