दाङ। नेपाल घरेलु तथा साना उद्योग महासंघ, तुलसीपुर शाखाले हालै जे एन जि आन्दोलनमा लागेर दिवंगत हुनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। आइतबार जारी विज्ञप्तिमा उहाँको योगदानले नेपाली समाजलाई ऐतिहासिक, सामाजिक र आर्थिक चेतनामा नयाँ दिशा दिएको उल्लेख गरिएको छ।
महासंघका तुलसीपर शाखा अध्यक्ष लालबहादुर केसी र महासचिव भक्तबहादुर ओलीको हस्ताक्षरित विज्ञप्तिमा उत्पादन, आत्मनिर्भरता, पुनर्निर्माण र समृद्धिको यात्रामा आनन्दले देखाएको बाटो पछ्याउन सबैलाई आह्वान समेत गरेको छ। विज्ञप्तिमा उद्योग, व्यवसाय पुनर्जीवन, सीप विकास, स्थानीय उत्पादन प्रवर्द्धन र युवाशक्ति परिचालनमार्फत आर्थिक उत्थानमा जोड दिइएको छ।
