तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा वडा अध्यक्ष कप खेलकुद सम्पन्न भएको छ।
यहि फागुन ६ गते देखि ८ गते सम्म सन्चालन भएको वडा कप खेलकुद प्रतियोगिता वडा अध्यक्ष भिम योगीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो। वडा नम्वर ११ अध्यक्ष मान बहादुर रावतको बिशिष्ट अतिथित्यता र नेकपा एमालेका लुम्बिनी प्रदेश उप सचिव पुर्ण घर्ती मगर, सदस्य बिनोद शर्मा, नेकपाका केन्दिय सदस्य तिलक योगी सी को आथित्यतामा छात्रा कबड्डी तथा महिला घैटो फोड , पुरुष फुटबल प्रतियोगिताको सम्पन्न भएको थियो
वार्ड नं २ को आयोजनामा ६ गतेदेखि भएको वडाकप फुटबल छात्रा कबड्डी र घैटोफोर प्रतियोगिताको फाइनल खेल घोरबण्डाको कार्तिके चौरमा भएको थियो। वडा अध्यक्ष भीम योगीको सभाअध्यक्षता र पूर्व नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख अतिथितामा वडाको फुटबल प्रतियोगिताको उद्घाटन गरिएको थियो।

“राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराको साथ सामाजिक एकता र सहभागिताको लागि स्थानीय खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो। वडा स्तरीय फुटबल खेल र छात्रा कबड्डी र महिला फोड प्रतियोगता तीन दिन रहने वडा अध्यक्षले जानकारी गराउनुभएको थियो।वडाकप फुटबल छात्रा कबड्डी र महिला घटेकोट प्रतियोगिताको प्रथम खेलमा प्रथमलाई १८५०० र द्वितीय हुनेलाई १५,५०० र ५,५०० नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी छात्राहरूको कबड्डी खेलमा प्रथम हुनेलाई ७,५००,द्वितीय हुनेलाई ५००० सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

घैँटोफोडमा २१ वटै टोलबाट समावेश हुनुभएको थियो। उक्त कार्यक्रममा १ नम्बर वडाका हुमाकान्त सापकोटा,तिलक योगी अम्बिका योगी भीमबहादुर ओली, प्रेमराज न्यौपाने ढुण्डी राज न्यौपाने तिलक केसी निर्मल नेपाली उदिराम डाँगी हुमाराज योगी ले सकारात्मक सोच र ऊर्जाको साथ स्वास्थ्यलाई स्वस्थ राख्न यो खेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो। वडा सदस्य मोहन डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ओद बहादुर भण्डारीले गर्नुभएको थियो।