काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ। भने यो विभागमा उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीले उपप्रमुखको जिम्मेवारी पाउनुभएको छ।

यसैगरी महत्त्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाउनुभएको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकपछि आईतबार जारी भएको अन्तरपार्टी निर्देशनअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी आफैले राख्नुभएको छ ।आर्थिक बिभाग प्रमुख मा उपमहासचिव बर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी पार्टीले ७७ वटै जिल्ला ईन्चार्जहरुको टुंगो लगाएको छ । जसअनुसार सल्यान को जिल्ला ईन्चार्जको जिम्मेवारी कृति बहादुर पुन(प्रकाण्ड)ले पाउनुभएको छ ।केन्द्रिय कमिटी बैठकको निर्णय अनुसार बसेको माओवादी पादाधिकारीहरुको बैठकले जिल्ला ईन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।
सर्कुलर अनुसार रुकुम पश्चिमको जिम्मेवारीमा वसन्त कुमार शर्मा,जाजरकोटमा गगनबहादुर खड्का, डोल्पामा काली चलाउने, सुर्खेतमा झकबहादुर मल्ल, दैलेखमा प्रेम कटुवाल, जुम्लामा नरेश भण्डारी, कालिकोट जीवन बुढा, मुगुमा मंगल शाही, हुम्लामा छिमी लामालाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिईएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।