Logo
७ पुष २०८१, आईतवार

खानेपानी महासंघका अध्यक्ष वलीलाई (माओवादी केन्द्र) तुलसीपुरले गर्‍यो सम्मान

century-mk

दाङ,तुलसीपुर । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीलाई नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका -५ नम्बर वडा कमिटीले सम्मान गरेको छ।

नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटीले आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका नवनिर्वाचित महासंघका अध्यक्ष वलीले सबैलाई समान रूपले निशुल्क खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व भए पनि अझै व्यवहारमा लागू नभएकोले आफ्नो टिमले त्यसको समाधानको बाटो तय गर्ने बताउनुभयो।

नवनिर्वाचित महासंघका अध्यक्ष वली तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वि.सं २०६४ सालदेखि लगातार चार कार्यकाल अध्यक्षको रुपमा काम गरिसक्नुभएको छ।
खानेपानीजस्तो आधारभूत सेवामा ध्यान दिन नसक्नु नागरिकप्रतिको अन्याय हो। अब सरकारले जनघनत्वको भविष्यलाई ध्यानमा राखेर दीर्घकालीन नीति सरकारले अझै नबनाएकोले बनाउन दबाब दिनलाई सबैको साथ आफ्नो टिमलाई चाहिएको बताउनुभयो ।
उप्त कार्यक्रममा बिशिस्ट अथितिहरु लुम्बिनी पदेश सदस्य तथा तीन नम्बर सह-इन्चार्ज प्रेम राज वली ( प्रभात), प्रदेश सदस्य तथा नगर सह-इन्चार्ज चित्र बहादुर खड्का,प्रदेश कमिटी सदस्य आजात खड्का,लुम्बिनी प्रदेश मगर मुक्ति मोर्चाका उपाध्यक्ष धन बहादुर बुढा, पुर्व जनमुक्ति सेना पुर्ण रावल, मगर मुक्ति मोर्चाको अध्यक्ष माया पुन,निबर्तवान अध्यक्ष बेद प्रसाद वली नेता कार्यकर्ताले कार्यसफलता को सुभकामना दिदै निडर भएर जनताको हित हुने काम गर्न सुझाव दिनुभयोे ।

यसैगरी नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर ५ नम्बर वडा कमिटीका इन्चार्ज मिनराज भण्डारीले अब बजार क्षेत्र माओवादीको किल्ला बनाउने गरि लाग्न सबैलाई आग्र!गर्नुभएको थियो। ५ नम्बर वडा कमिटी अध्यक्ष भिम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थितलाई उपाध्यक्ष गणेश डाँगीले स्वागत गर्नुभएको थियो।