दाङ,तुलसीपुर। स्वतन्त्र अभियान दाङले तुलसीपुरमा कोणसभा सम्पन्न गरेको छ।
स्वतन्त्र अभियान दाङको आयोजना भएको कार्यक्रममा बोल्दै अभियानका संयोजक भुप बहादुर भन्डारीले अब देशभर स्वतन्त्र उम्मेदवारले नयाँ ढंगले आफ्ना गतिविधि बढाउने समय आएको बताउनुभयो।
संयोजक भण्डारीले आउँदो ८४ को निर्वाचनमा अब स्वतन्त्र उम्मेदवारलाई कसैले रोक्न नसक्ने बताउदै त्यसका लागी दाङका स्वतन्त्र युवाहरू एकजुट भएर लाग्न उहाँले अपिल गर्नुभयो ।
स्वतन्त्र अभियान दाङको आयोजनामा भएको उक्त कार्यक्रम
स्वतन्त्र अभियानका दाङका संयोजक भुप बहादुर भन्डारीको संयोजकत्व रहेको कार्यक्रममा लक्ष्मीनारायण लामिछाने,
विजय केसी, धीरज विक,सन्दीप गौतम,मेघराज केसी,ललित बहादुर ओलीले बोल्दै अब स्वतन्त्र टुट्ने नभै जुट्ने समय आएको बताउदै आफुहरुको अभियानको मुल उदेश्य नै यहि भएको बताउनुभयो ।
चित्र बहादुर स्वर्णाकारले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा बल बहादुर खत्रीले समापन मन्तब्य राख्नुभएको थियो।