दाङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिकाका उप-प्रमुख स्यानी चौधरीको सभा अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्का को प्रमुख आतिथ्यतामा सुरु भएको हो।
यही मंसिर १० आजदेखि २५ गतेसम्म हुने कार्यक्रमको आज उद्घाटन गर्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका का प्रमुख खड्काले महिला हिंसा विरुद्धको यो १६ दिने अभियानले महिला हिंसा कम गर्नको लागि एउटा आधार स्तम्भ तयार हुने बताउनुभयो । यसैगरी उपप्रमुख स्यानि चौधरीले महिला हिंसा अन्त्यका लागि स्वयंम महिलाहरु जागरुक हुनुपर्ने बताउनुभयो ।
तुलसीपुरका विभिन्न संघ संस्थाहरुको संयुक्त सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण मन बहादुर खड्काले गर्नुभएको थियो।