अबदेखि पशुपति मावि हरीपौरीले गरीब तथा द्वन्दपीडित विद्यार्थी संग कुनै शूल्क नलिने

century-mk

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ मा रहेको पशुपति मावि हरीपौरीले अबदेखि गरीब तथा द्वन्दपीडित विद्यार्थी संग कुनै शूल्क नलिने भएको छ  ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार गरीब, जेहेन्दार,द्वन्दपीडित,पिछडिएको बर्ग एवं वडा कार्यालयको सिफारिशबाट आउने अन्य विद्यार्थीहरुलाई अबदेखि कुनै पनि शूल्क नलिने विद्यालय ब्यबस्थापन समितिले निर्णय गरेर लागु गरिएको छ ।

सोही विद्यालयबाट एसइई पास गरि कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिश गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र लगायत अन्य शूल्क निःशुल्क गर्ने निर्णय गरेको हो । अध्यक्ष अधिकारीका अनुसार  लक्षित विद्यार्थीहरुको आर्थिक अबस्था कमजोर हुने भएकाले यस निर्णयले केहि मात्रामा भएपनि विद्यार्थीलाई राहत हुनेछ ।