Logo
१८ आश्विन २०८१, शुक्रबार

बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुग्यो ,२७ जना अझै ब्यपत्ता

century-mk

काठमाडौं । बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुगेको छ । यस्तै विपद्‌मा परेर २७ जना अझै ब्यपत्ता भएको आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

विपद्‌मा परी हालसम्म १४३ जना घाइते भएको जानकारी दिदै गृहमन्त्री रमेश लेखकले सबै घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताउनु भयो। पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकारको सम्पुर्ण ध्यान केन्द्रित भएको जानकारी दिनुभयो।

हाल उद्धार कार्यमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ र सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति खटिएको जनाउदै गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले बाढीपहिरोमा फसेका चार हजार २२ जनाको उद्धार गरेको बताउनुभयो ।