तुलसीपुर । दाङको तुलसीपुरमा विद्युत मर्मत गर्ने भएकाले एक हप्ता विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशालीका अनुसार (आजदेखि) १४ असोज देखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरको कार्यक्षेत्र भित्र पर्ने ३३ केभी र ११ केभी फिडरहरूमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रूखहरू काट्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशालीको भनाइ छ ।