Logo
१९ मंसिर २०८१, बुधबार

एमाले तुलसीपुर उपमहानगरको अध्यक्षमा खत्री चयन

century-mk

तुलसीपुर । नेकपा (एमाले) तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा रुप बहादुर खत्री चयन हुनुभएको छ। आइतबार तुलसीपुरमा भएको अधिवेशमा खत्री सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो।

यस्तै नगर कमिटीकाे  उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उपसचिवमा मानबहादुर केसी र रेवती बिक चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक विवेक श्रेष्ठका अनुसार अन्य ७६ जना सदस्यहरू भने दलित, जनजाति, महिला, भूगोल अनुसार मिलाएर चयन गरिएको छ।

निर्वाचन समितिका संयोजक विवेक श्रेष्ठका अनुसार कुल ८५ सदस्य रहेको नगर कमिटीमा ८१ जना निर्वाचन प्रकृयाबाट आएपनि ४ जनालाई पछि मनोनित गरिने छ । आइतबार रातभरको घनिघुत छ्लफल पछि सोमबार (आज) बिहान ७ बजे नगर कमिटीको अन्तिम नाम घोषणा  गरिएको थियो ।