Logo
१८ आश्विन २०८१, शुक्रबार

एमाले घोराही उपमहानगरको अध्यक्षमा तारा पुरी चयन

century-mk

घोराही । नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको अध्यक्षमा तारा पुरी चयन हुनुभएको छ। शनिवार घोराहीमा भएको अधिवेशमा पुरी सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो।

यस्तै कमिटीको उपाध्यक्षमा बुद्धिराम बुढा, सचिवमा अशोक कुमार चौधरी र उपसचिवमा रेखा वली र सुदिप सुनार सर्वसम्मतले चयन भएको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिनुभयो। सदस्यहरुको अन्तिम बिवरण आउन केहि  समय लाग्ने एमाले दाङले जनाएको छ ।