बम्पर उपहार सहित सहयोगी साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न

century-mk

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित मुख्य कार्यालय रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १४ औं वार्षिक साधारण आज सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख खड्काले सहकारीलाई सेयर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय बनाउनका लागि सहकारीका नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो। ‘सहयोगी साकोसले कागजमा मात्र नभै तथ्यमा आधारित आफ्नो यथार्थ रिपोर्ट दिदा यस सहकारीले आफ्ना सेयर सदस्यको बिश्वास जित्न सफल भएको छ’ नगर प्रमुख खड्काले भन्नुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-५ नम्बर वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि बिरेन्द्र शाहले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका केही नकरात्मक घटनाहरुले सबै सहकारीहरु उस्तै हुन् भन्ने खालको अवस्था सिर्जना भएको यस विषय आफुले नगरमा राखे पनि कुनै सुनुवाइ नभएको भन्दै वडा अध्यक्ष शाहले सहकारीका असल अभ्यास र क्रियाकलापहरु आम सेयर सदस्यका बीचमा लैजान समेत आव्हान गर्नुभएको छ। ‘तुलसीपुरमा रहेका सबै सहकारीहरु एउटै वा उस्तै होइनन् । धेरै सहकारीले सदस्यहरु लगायत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । केही सहकारीको गलत कार्यका कारण सबैलाई एउटै डालोमा हालेर नबुझौं’,बरु राम्रोलाई पुरुस्कृत नराम्रोलाई तत्काल कारबाहि गर्नुपर्छ’ वडा अध्यक्ष शाहले भन्नुभयो ।

तुलसीपुर अरनिको मैदान नजिक रहेको समिक्षालय हलमा बिहान ११ बजे देखी सुरु भएको साधाण सभाले विभिन्न १६ वटा विषय उपर छलफल गरी पारित गरेको छ ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु कर्ण बहादुर वली, रुप बहादुर खत्री, सल्लाहकार डिलाराम बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहयोगी साकोसले देशमा पछिल्लो समय देखिएको आर्थिक संकटको बीचको समयमा समेत राम्रो प्रगती गर्न सफल भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष डिलाराम बिस्टको अध्यक्षता, उपाध्यक्ष लाल बहादुर केसीको स्वागत र सचिव दुर्गा शर्मा को सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव दुर्गा शर्माको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पहल बहादुर रोकाहाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक दशरथ वलीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको छ ।

साकोसमा आबद्ध सदस्यहरुको मन जित्दै सहकारीहरुको भिडमा आफूलाई अब्बल सावित गराएको संस्थाका अध्यक्ष डिलाराम बिष्टले बताउनुभयो । अध्यक्ष बिष्टका अनुसार संस्थाले प्रदान गर्ने छिटो छरितो सेवाका कारण पछिल्लो समय सदस्यहरुको संस्थाप्रतिको विश्वास झन् बढ्दै गएको हो।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ४७ लाख ७५ हजार तिन सय शेयरपुँजी, १ करोड २९ लाख ८३ हजार २ सय ८८ साधारण जगेडा कोष र १२ करोड ६२ लाख ८ हजार २ सय ६७ बचत संकलन गरी संस्थाले ११ करोड ५ लाख ६६ हजार ९ सय चार रुपैयाँ लगानी गरेको छ। संस्थाले गत आ.व.मा खुद नाफा ३७ लाख ११ हजार ७ सय ५० रुपैयाँ गरेको साकोसका ब्यबस्थापक माधब केसीले जानकारी दिनुभयो ।

ब्यबस्थापक केसीका अनुसार  संस्थाले यसबर्ष सदस्यहरुलाई शेयर लाभांश ९ प्रतिशत,बचत तर्फ संरक्षित पुँजी फिर्ता कोषबाट २.९७ प्रतिशत  र  ऋणतर्फ ३.०१ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभाले पास गरेको छ । २०६७ सालमा स्थापना भएको सहयोगी साकोसमा  हाल १ हजार ८ सय ७६ जना सदस्य आवद्ध हुनुहुन्छ ।

साधारण सभाको अवसरमा आ.व. २०७९/८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ठ कर्मचारी ,उत्कृष्ट ऋणी सदस्यलाई प्रमाण-पत्र सहित सम्मान गरिएको थियो।

यसैगरी आज सम्पन्न साधारण सभा मा उपस्थित हुने सदस्यहरु मध्ये गोला प्रथाबाट २५ जना भाग्यशाली सदस्यलाई बम्पर उपहार स्वरुप विभिन्न सामग्री  वितरण गरिएको कोषाध्यक्ष पहल बहादुर रोकाहाले जानकारी दिनुभयो।