Logo
१९ मंसिर २०८१, बुधबार

दाङ तुलसीपुरमा कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु

century-mk

तुलसीपुर । दाङको तुलसीपुरमा कुवा सफा गर्ने क्रममा दुई  जनाको मृत्यु भएको छ।

बुधबार बिहान करिब १० बजे तुलसीपुर उपमहानगरपालिका -१३, दमागाउँ बस्ने दुर्गा विकको कुवा सफा गर्न भनी कुवा भित्र  गएको तर दुवै जना निस्कन नसक्दा निसासिएर गम्भीर घाइते भएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएअनुसार उहाँहरु दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषणा गर्नुभएको थियो।

प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपाली रहनुभएको  । प्रहरीका अनुसार पोष्टमार्टमका लागि  मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको  छ। – सांकेतिक तस्वीर