तुलसीपुर चेम्बरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

century-mk

तुलसीपुर ।  तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चेम्बरका नव निर्वाचित अध्यक्ष ऋषि राज भण्डारीले आफ्नो जन्मदिनको अबसर र औपचारिक रुपमा अध्यक्षको कार्यबहार सम्हालेको अबसरमा संस्थाको तर्फबाट केहि रचनात्मक कार्य गर्ने आफ्नो योजना अनुरुप रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषि राज भण्डारीको अध्यक्षता,बरिस्ठ उपाध्यक्ष सन्तोष कुमार खड्का को स्वागत मन्तव्य रहेको उक्त रक्तदान कार्यक्रमको संचालन महासचिव दुर्गा प्रसाद शर्माले गर्नुभएको थियो।

चेम्बरका केन्द्रीय सदस्य टोप बहादुर घर्ती,सल्लाहकारहरु नेत्र वली,तेज बिक्रम घर्ती,नन्दन रोका,लायन्स क्लब अफ दाङका अध्यक्ष गोरख वली,चेम्बर अफ कमर्स तुलसीपुरका निबर्तमान महासचिव प्रेम प्रकाश गिरी लगायतको उपस्थितिमा मंगलबार तुलसीपुरमा सम्पन्न भएको उक्त कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको संस्थाका बरिस्ठ उपाध्यक्ष सन्तोष कुमार खड्काले जानकारी दिनुभयो ।