ललितपुरमा होलीको क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु,१८ जना पक्राउ

century-mk

उपत्यका । होली खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा परी २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति ललितपुर ढोलाहिटीमा भएको ग्याङ फाइटमा उनीहरूको मृत्यु भएको  बताएको छ ।

ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार राति ९ बजे दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई छन् । उनीहरूमध्ये पुजनलाई कोखा र रोबसलाई खुट्टामा चक्कु हानिएको थियो । रोबसको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

दुईजनाको शव पोष्टमार्टमका लागि सुमेरु र पाटन अस्पतालमा राखिएको छ ।घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ ।