Logo
१८ मंसिर २०८१, मंगलवार

डा. ओम मुर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक

century-mk

काठमाण्डौ

हृदयरोग बिशेषज्ञ, वरिस्ठ चिकित्सक  तथा लेखक डा. ओम मुर्ति अनिलको नयाँ कृति “जीवन्त सम्बन्ध” शुक्रबार काठमाडौंमा एक कार्यक्रमका माझ  सार्वजनिक भएको छ । वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ( मह जोडी ) को प्रमुख आतिथ्यता एबम आइओएमका भूतपूर्व प्राध्यापक डा. जगदीश प्रसाद अग्रवाल समेतको  बिशेष उपस्थितिमा  लेखककि ममतामयी आमा राजकुमारी देवी द्वारा पुस्तकको बिमोचन गरिएको थियो ।

यस अघि गत भाद्र २९ मा पुस्तकको शिर्षक र कभर अनावरण भए पश्चात पुस्तकको चर्चा डा अनिलका सामाजिक संजाल मार्फत जोडीएका तमाम शुभचिन्तक र साहित्य तथा स्वास्थ्य प्रेमी हरु माझ  बहु प्रातिक्षित बन्न पुगेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ” यो पुस्तक आधुनिक जगतको भागवत गीता रहेको र डा. अनिलले आफ्नो बुवा  संगको अन्तरसम्बन्ध र  श्रीमती संगको अन्तर हृदयको प्रेम सम्बन्ध लाइ सुमधुर तरिकाले बर्णन गरिएको ” बताउदै लेखकको मुक्त कण्ठले प्रशंशा गर्नु भयो ।

कार्यक्रममा पुस्तकका  लेखक डा. ओम मुर्ति अनिलले “यो पुस्तक पढ्दा पाठकलाई लेखको पारिवारिक कथा जस्तो नहोस र आफ्नै परिवाको कथा ब्यथा र भोगाई जस्तो लागोस भनि कहिँ कतै आफ्नो माता र स्वर्गीय पिताको नाम, परिचय र तस्विरहरु  उल्लेख  गरेको छैन ” उहाले  बताउनु भयो ।

सामाजिक संजाल फेसबुक र अन्य माध्यम प्रयोग गरि स्वास्थ्य र स्वस्थ  जीवनयापन   सम्बन्धि जानकारी मुलक श्रव्य दृश्य  संदेश, भिडियो मार्फत चर्चा कमाएका डा. अनिलले ” आफ्नो करियरको  स्वास्थ्य क्षेत्रमा केहि योगदान पुर्याय पश्चात साहित्य क्षेत्रमा पनि केहि प्रभाव छोड्न पुस्तक लेखेको बताउनु भयो ।

लेखक डा. ओम मुर्ति अनिल द्वारा स्थापित ओम फाउन्डेसनले उत्पादन र समिक्ष्या पब्लिकेसनले वितरण गर्ने पुस्तक ‘जीवन्त सम्बन्ध”  हाल इसेवा दराज हाम्रोपे जस्ता अनलाइन माध्यम र भाटभटेनी सुपर मार्केटमा भौतिक रुपमा उपलब्ध छ भने छिट्टै उपत्यका र मोफसलका  पुस्तक पसल हरुमा समेत उप्लाब्ध हुने ओम फाउन्डेसनले जनाएको छ । पुस्तकको मूल्य हार्ड कभरमा रु १००० र नर्मल कभरमा रु ६०० तोकिएको छ . पुस्तक विक्री बाट प्राप्त सम्पूर्ण आम्दानि ओम फाउन्डेसन मार्फत असाहय बृद्ध बृद्धाको लागि खर्च गरिने समेत फाउन्डेसनले बताएको छ  ।