लुम्बिनी प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन

century-mk

दाङ, असार २ ।मोडर्न पेन्टाथलोन फेडेरेसन नेपालको मातहतमा रहेको लुम्बिनी प्रदेश मोडर्न पेन्टाथलोन संघले दाङका योगेश मल्लको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको  छ ।
मोडर्न पेन्टाथलोन फेडेरेसन नेपालको मातहतमा रहेको लुम्बिनी प्रदेश मोडर्न पेन्टाथलोन संघ दाङको तुलसिपुरमा एक कार्यक्रमका बिच गठन गरिएको हो मोडर्न पेन्टाथलोन फेडेरेसन नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा  प्रमुख अतिथी प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिब जय प्रकाश भट्ट रहनुभएको थियो ।


उक्त कमिटीको उपाध्यक्षमा दिप बस्नेत  र शिव लाल भट्टराई, महासचिबमा करुणा शाह, सचिबमा प्रनिल भुसाल र कोषाध्यक्षमा रमेश महरा चयन हुनुभएको छ।
त्यसैगरि सदस्यहरुमा ऋषि राज लहरे(अरुण), बसन्त गिरि, टेक नारायण टन्डन, बिकाश गौतम, दिपक अधिकारी, भुपेन्द्र खड्का र प्रधुम्नमान श्रेष्ठ चयन हुनुभएको छ ।