बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुग्यो ,२७ जना अझै ब्यपत्ता

काठमाडौं । बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुगेको छ । यस्तै विपद्‌मा परेर २७ जना अझै ब्यपत्ता भएको आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।