दाङ । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच. आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गर्नुभएको छ । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो।
आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत पुगोस्, भन्ने उद्देश्यले थोरै सहयोग गरेको उनले बताउनुभयो । उनले भने,‘ विगतका वर्षहरूमा पनि जन्मदिन विभिन्न समाजिक कार्य गरि मनाउने गरेको थिए । तर, यस पटक सल्यान जिल्लामा भएको घटनाले मलाई निकै दुखी बनायो । त्यसैले फजुलमा बाहिर खर्च गर्नुभन्दा आगलागी पीडितलाई सहयोग गरेको बताउनुभयो ।’
यस्तै उनले आगलागी पीडितहरूलाई सहयोग गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ,‘ जहाँका व्यवसायीहरू भएपनि उनीहरु पीडित भएका छन् । उनीहरूको पीडामा हामी सबैले साथ दिनुपर्छ । यसमा त झन राज्यले चासो दिनु पर्ने हो । ’ यस्तै उहाँले यस्तो मेला महोत्सव सञ्चालन गर्दा अब आयोजकहरूले विशेष ध्यान दिनु पर्ने समेत बताउनुभयो । मेला महोत्सवमा देशभरबाट व्यवसायीहरू आउने गरेका हुन्छन्, उनीहरूको सुरक्षाको लागि अब ध्यान दिन जरुरी रहेको समेत उहाँको भनाइ छ ।
आफ्नो जन्मदिनको अवसरमा मगरले आगलागी पीडितहरूलाई सहयोग गरेको भन्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यान अध्यक्ष तथा महोत्सव संयोजक प्रेमनारायण विकले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आम नेपाली नागरिकहरूलाई पनि यो पीडितहरु लाई थोरै सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।