दाङ । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक कृष्ण रेउले र गायिका भूमिका गिरीको दमदार प्रस्तुतिमा पुर्व मन्त्री देखी दर्शकहरु रमाएका छन् ।
शनिबार आयोजित कार्यक्रममा गायक कृष्ण रेउले र भूमिका गिरीले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दा महोत्सव मञ्चमा रहनुभएका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य,कर्णाली प्रदेशका सहइन्चार्ज एवं संविधानसभा सदस्य टेक बहादुर बस्नेत,त्रिबेनि गाउँपालिका सल्यानका पुर्व अध्यक्ष मान बहादुर डाँगी,ब्यवसायि मिनराज वली लगायत महोत्सव स्थलमा उपस्थित दर्शकहरू छ्मछमि नाच्नुभएको थियो।

शनिबार दर्शकको भिडभाड अत्याधिक रहेको थियो । कार्यक्रममा उपस्थित दर्शकहरू भूमिका र कृष्ण रेउलेको प्रस्तुतिमा नाचगान गर्दै रमाएको चेम्बरका सदस्य भिम बहादुर केसीले बताउनुभयो ।
दर्शकको संख्या दिनप्रतिदिन बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताउनुभयो । ‘शनिबार दर्शकको संख्या उल्लेख्य रह्यो ।’ उहाँले भन्नुभयो–‘महोत्सवमा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’

महोत्सव अवलोकनका लागि सल्यानबाट आउनुभएकी शिला रेउलेले भिडभाड भएपनि कलाकारको प्रस्तुतिले रमाएको बताउनुभयो । ‘भिडभाड अत्याधिक भएकाले केहि समस्या भएपनि हामी मज्जाले रमाइम् ।’ उहाँले भन्नुभयो–‘अर्को दिन पनि फेरि आउछुँ ।’
कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिएको कलाकार प्रेम प्रकाश मल्लले जानकारी दिनुभयो । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा भइरहेको दोस्रो तुलसीपुर महोत्सवमा विविध साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
साँस्कृतिक संयोजक सन्तोष खड्काले आगामी दिनमा अझ रोचक प्रस्तुतिहरू हुने जानकारी दिनुभयो । कार्यक्रमको संचालन माधव जोन खत्री र बर्षा पान्डेले गर्नुभएको थियो।
