काठमाडौँ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेर्ने प्रमुखको जिम्मेवारी गोविन्द आचार्यलाई दिएको छ । बरिस्ठ पत्रकार समेत रहनुभएका आचार्यले औपचारिक रुपमा प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाउनुभएको हो ।

यसअघि स्वकीय सचिव रहनुभएका रमेश मल्लले उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।यसैगरी नेकपा माओवादी केन्द्रले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ ।